काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइन मार्फत् मुद्दा दर्ता गर्नसकिने गरी तयारी गरिरहेको बताएका छन् ।
शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत् मुद्दा दर्ता गर्नसकिने व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।
यसका लागि अध्ययन भएको र कार्यान्वयनको तयारीमा रहेको उनले जानकारी दिए । त्यस्तै अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायत प्रविधिहरुको प्रयोग गर्ने प्रयास गरिरहेको पनि उनले बताए ।
कार्कीका अनुसार पेसी अटोमेसनका लागि सफ्टवेयर लगायत पूर्वाधार पनि तयार भइरहेको छ। साथै अदालतहरुमा रहेका ३६ लाख मुद्दाका अभिलेख मिसिलहरुलाई डिजिटाइजेसन गर्न सुरु गरिएको कार्कीको भनाइ थियो ।अदालतहरुमा रहेका अभिलेख मिसिलहरुको डिजिटाइजेसन गर्ने कार्यको थालनी गरिएको छ ।