काठमाडौँ । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा सिडिओको सरुवा गरेको छ । मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलरलगायतका कर्मचारीहरूको सरुवा गरेको हो ।
नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने प्रमुख जिल्ला अधिकारीलाई वैज्ञानिक ढङ्गले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काज सम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो ।







