पोखरा। मानवताका लागि महायज्ञ भन्ने नाराका साथ माघ २० गते देखि २७ गतेसम्म पोखरामा श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञ हुने भएको छ।
मानवसेवा आश्रम पोखराको भवान निर्माण सम्पन्न गर्न महायज्ञ आयोेजना गर्न लागिएको संस्थाका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।
अध्यक्ष अधिकारीले मानवसेवा आश्रम पोखराको भवान र लक्ष्मी नारायणको मन्दिर निर्माण सम्पन्न गर्न, आश्रमको अक्षयकोष बृद्धि गर्न र मानवता प्रवद्र्यनमा टेवा पुर्याउने अभिष्टले महायज्ञ आयोेजना गर्न लागेको बताए।
उनले फजुल खर्च कटौती गरेर मानव सेवामा लाग्न आग्रह गरे। उनले भवितव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्नेगरी २५ करोड रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने योजनाअनुसार महायज्ञ गर्न लागिएको बाए।
पोखरा महानगरका प्रवक्ता तथा पोखरा–२५ का वडाध्यक्ष मोतिराज तिमिल्सीनाले मानवता प्रर्बद्धन र अक्ष्ययकोष निर्माण साथै निर्माणधिन भवनसम्पन्न गर्न वडा र महानगर सदैव प्रतिबद्ध रहने बताए।
मानवसेवा आश्रमले असाहय, सडक मानव तथा कष्टपूर्ण जीवनयापन गरिरहेकाहरुको उद्धार गरेर हेरचाह गरिरहेको छ। उक्त संस्थाका हालसम्म देशभर २३ स्थानमा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन्।