कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्।
शुक्रबार प्रदेश सभामा उनले विश्वासको मत पाएका छन्। शर्माको पक्षमा २५ र विपक्षमा १४ मत खस्यो।
मुख्यमन्त्री शर्मालाई नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक÷एकजना गरी २५ सांसदले मत दिए। विपक्षमा भने नेपाली कांग्रेसका १४ जना सांसदले मतदान गरे।
उनले विश्वासको मतका लागि प्रदेश सभा सचिवालयमा मंगलबार पत्र दर्ता गरेका थिए।
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रहेका शर्मा २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त भएका थिए।