काठमाडौं। खोटाङका ३१ वर्षे दिनेश सुनारले जोखिमपूर्ण मानिने पार्कर खेलमा १२औँ विश्व कीर्तिमान राखेका छन्।
खोटाङको राजापानीमा जन्मिएका दिनेशले पार्कर खेलमा १२औँ विश्व कीर्तिमान राखेका हुन्।
दिनेश पार्कर खेल मार्फत् विश्वमै नेपालको नाउँ चम्काउँदै छन् भने विभिन्न कीर्तिमान राखिरहेका छन्।

सशस्त्र प्रहरी बल (एपीएफ) परिचर हुँदै जवानमा ७ वर्ष विताएका दिनेश नेपालका एकमात्र अन्तर्राष्ट्रिय पार्कर खेलाडी हुन्।
हाल अमेरिकामा बस्दै आएका उनी नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गरिरहेका छन्। सन् २०१८ मा भएको विश्वकप पार्करमा सहभागी पहिलो नेपाली खेलाडी नै दिनेश हुन्।
खोटाङवासी सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक सनतकुमार बस्नेत सहभागी गाउँको कार्यक्रममा दिनेशको उत्कृष्ट प्रस्तुतिपछि तिनै बस्नेतले उनलाई काठमाडौं बोलाएका थिए।
एपीएफमा रहँदा नै पहिलो प्रयासमै जिम्न्यास्टिकबाट स्वर्ण पदक जितेर सुखद् सुरुवात गरेका दिनेले २०७१ सालमा भएको लुम्बिनी खेलकुदमा स्वर्ण, सातौँ राष्ट्रिय खेलकुद २०७३ मा स्वर्ण र रजत हात पार्न सफल भएका थिए।

एपीएफमै रहँदा उनले युट्युबमा पार्कर खेलाडी र उनीहरूको सीप हेर्न थालेपछि उनी बल्ल विश्वकीर्तिमान बनाउन सकिने रहेछ भन्नेबारे जानकार भएका थिए। त्यसपछि उनी त्यसका लागि अमेरिका जान खोज तर बिदा पाएनन्। पार्कर खेल्न नपाएपछि उनले एपीएफबाट राजीनामा दिएर अमेरिका गएका थिए।
एपीएफकै जागिरे हुँदा सन् २०१७ ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप अफ वाल इन वान मिनेट’ को रेकर्ड बनाएका थिए दिनेशले।
रुचि कसरी बढ्यो?
उनी गाउँको डाँडामा उफ्रिने जम्प गर्ने गर्थे, त्यही गर्न रमाइलो लाग्थ्यो। यसै क्रममा फिल्महरु हेरेर हिरोले गरेको स्टन्टबाट प्रेरित भएर उक्त खेलप्रपित रुची बढेको उनले सुनाए।

नेपालमौ रहँदा बनाएका रेकर्ड
नेपाल छँदा दिनेशले तीनवटा विश्व रेकर्ड बनाएका थिए । सन् २०१८ मा ‘द मस्ट ब्याकवार्ड सोमरसल्ट एगेन्स्ट वाल इन ३० सेकेन्ड’ मा दोस्रो, ३० सेकेन्डमा ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप अफ वाल’ मा तेस्रो विश्वकीर्तिमान कायम गर्दा उनी नेपालमै थिए ।
२२ वर्षमा १२ वटा कीर्तिमान
अमेरिका पुगेपछि उनले ९ वटा कीर्तिमान थपे। उनले पार्कर, जिम्न्यास्टिक र मार्सल आर्टसँग सम्बन्धित कीर्तिमान बनाएका हुन्। पाँचौँ रेकर्डका लागि उनले ३० सेकेन्डमा आठ ब्याक फ्लिप मार्नुपर्ने थियो तर त्यति नै समयमा उनले १२ ब्याक फ्लिप गरेर देखाइदिए।
पार्कर, जिम्न्यास्टिक र मार्सल आर्ट विधाका खेलमा यसअघि ११ पल्टसम्म विश्वकीर्तिमान राखिसकेका दिनेशले अहिले ३० सेकेन्डमा सबैभन्दा धेरै ‘वेबस्टर फ्रन्ट फ्लिप’ गरेका हुन्।

उनले पार्कर खेल्न थालेको २२ वर्षमा १२ वटा विश्व कीर्तिमान कायम गरेका छन्।
योजना
विश्व कीर्तिमान राख्ने यात्रा जारी राखेका उनी आफ्नो कामबाट अरुलाई समेत प्रेरणा दिने सोचमा छन्। त्यसका लागि आफुले भोगेका संघर्ष र उपलब्धिलाई समेटेर वृत्तचित्र बनाउने उनले बताए।
उनी नेपालदेखि अमेरिकासम्म को यात्रा साच्चिकै सङ्घर्षमय भएको बताउँछन्।
कति विश्व कीर्तिमान बनाउन मन छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘थाहा छैन कति रेकर्ड राखेपछि मनमा शान्ति मिल्ने हो । संघर्ष गर्दै जाऊ, थाहा छैन गन्तव्य के हो। जीन्दगीले कहाँसम्म पुर्याउँछ।’
उनी अगाडि थप्छन्, ‘त्यो संघर्ष, त्याग अनि तपस्यालाई सानो वृत चित्र बनाएर विश्वलाई आफ्नो कामबाट प्रेरणा गर्न चाहन्छु। पार्कर खेलको महत्व के हो भनेर नेपाल र नेपाल बाहिर पनि सबैलाई जानकारी गराएर यो तिर अलिकति आकर्षित गराउन चाहन्छु।’

उनको सबैभन्दा ठूलो सपना भनेको कला हुँदा हुँदै पनि ओझेलमा परेका भाईबहिनीहरुलाई एउटा राम्रो ट्रेनिङ सेन्टर आफ्नै नेपालमा निर्माण गर्ने। उनी भन्छन्, ‘यो गर्न सके साच्चिकै मनलाई एकदमै शान्ति मिल्ने थियो। अनि यो सपना मा म आफैंले एक्लैले गर्न अलिकति अप्ठ्यारो हुने नै छ र तपाईंहरु सबैले साथ सहयोग गर्नु हुने छ भन्ने पूर्ण आशा राखेको छु।’
यी हुन् पार्कर खेलभित्रकै विभिन्न फरक विधामा उनले बनाएका १२ वटा विश्व कीर्तिमानः
