काठमाडौं। नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण कार्यक्रममा सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए।
शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति नन्दबहादुर पुन, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरु सहभागी भए।
घिमिरे बिहीवार सभामुखमा निर्वाचित भएका थिए।
सम्बन्धित समाचारः
को हुन् नवनिर्वाचित सभामुख देवराज घिमिरे ?