वालिङ। वालिङ गोल्डकप फुटबल प्रतियोगितामा खेल चलिरहँदा हेलिकप्टर अवतरण गरेपछि मैदानमा झडप भएको छ।
बिहीबार गोल्डकपमा दोस्रो सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेका बेला प्रभु कम्पनीको हेलिकप्टर मैदानमा अवतरण भएको थियो।
बिना सूचना जवरजस्ती अवतरण गरेको भन्दै स्थानीय, आयोजक र दर्शकले पाइलट रमेश डङ्गोल र हेलिकप्टरका यात्रुलाई हातपात गरेका छन्।
वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ लगेका थिए। हेलिकोप्टर ल्यान्ड गर्दा मैदानका खेलाडीहरू भागेकाले ठुलो दुर्घटना हुनबाट भने जोगिएको छ।