काठमाडौं। सुन्धारास्थित सिभिल मलको भुइँ तलामा अन्दाजी ३० वर्षीय विशान लामिछाने गुरुङले प्रेममा खटपटपछि आफैंमाथि आगो लगाएको खुलेको छ।
उनले बिहीबार दिउँसो पौने १२ बजे सिभिल मलको भुइँ तलामा आफैंमाथि आगो लगाएका थिए।
प्रारम्भिक अनुसन्धानमा प्रेममा खटपटपछि उनले आफैंमाथि आगो लगाएको खुलेको प्रहरी स्रोतले जनाएको छ। उनी घाइते अवस्थामा भएकाले अन्य कुरा खुल्न सकेको छैन।
गुरुङको अनुहार र शरीरका विभिन्न भागमा आगोले जलेको छ। उनको शरीरको आगो स्थानीय र सिभिल मलका सुरक्षा गार्डले निभाएका थिए।
उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा प्रारम्भिक उपचारपछि कीर्तिपुर अस्पतालमा पठाइएको छ।
घटनाबारे प्रहरीले अनुन्धान गरिरहेको छ।