दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन्।
बिहिबारको प्रदेशसभाको अधिवेशनमा उनले विश्वासको मत पाएका हुन्। उनको पक्षमा ५७ मत र विपक्षमा २८ मत बस्यो।
गिरीको पक्षमा नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्रका सांसद तथा विपक्षमा कांग्रेस र जनमोर्चाका सांसदले मत दिए।
कुल ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा उनी पुस २७ गते ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।