काठमाडौं। नेपाल मजदुर पार्टीका सांसद प्रेम सुवालले आफ्नो दल प्रमुख प्रतिपक्षी दल रहेको दाबी गरेका छन्। 
आजको संसद बैठकमा बोल्दै सुवालले प्रमुख प्रतिपक्षी दल तोकेर संसद बैठक सञ्चालन गर्न माग गरे।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोले कांग्रेस प्रमुख प्रतिपक्षी दल हुन नसक्ने उनको दाबी छ। 
उनले नत्र अदालत जाने चेतावनी दिए।