काठमाडौँ । प्रमुख जिल्ला अधिकारीको पदस्थापन, सरुवा तथा कामकाजका खटाउने सम्बन्धी कार्यविधि, २०७९ सार्वजनिक भएको छ ।
नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा खटिने प्रमुख जिल्ला अधिकारीको पदस्थापन, सरुवा तथा कामकाज खटाउँदा नेतृत्व र समन्वय क्षमता, सुरक्षा व्यवस्थापन सम्बन्धी ज्ञान, स्थानीय स्तरको कार्य अनुभव, रुचि, दक्षता र वरिष्ठताको आधारमा सरल, पारदर्शी एवम् अनुमानयोग्य बनाउन भन्दै गृह मन्त्रालयले कार्यविधि बनाएको हो ।
प्रमुख जिल्ला अधिकारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाउँदा विभिन्न चार वटा प्राथमिकता तय गरिएको छ ।