धरान । सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा जङ्गली हात्तीले आत्तंक मच्चाउन थालेपछी स्थानीय बासिन्दा त्रसित भएका छन्। हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ भने दर्जनौं घरमा क्षति पुर्याएको छ।
भारतबाट दुई दर्जनभन्दा बढिको संख्यामा आएका जङ्गली हात्तीको आक्रमणबाट बराहक्षेत्र नगरपालिका–५ सिमरवनका ६५ वर्षीय धनबहादुर माझिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताए। उनले हात्तीले दर्जन बढी सर्वसाधारणका घर, गोठ र कृषि फर्ममा क्षति पुर्याएको जानकारी दिए।
धरान १७ को कुम्भिआहाल, पटनाली क्षेत्रमा सर्बसाधारणको घर, कृषि फर्ममा हात्तीले आक्रमण गर्दा लाखौं रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको छ।