काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन् ।
प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका डा। रुइतलाई प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।प्रचण्डले डा. रुइतले राज्यसँग गरेका अपेक्षाहरुलाई गम्भीरतापूर्वक लिने पनि उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ । राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।”