काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मन्त्रीपरिषद् तथा सत्ता गठबन्धनबाट बाहिरिने संकेत देखाएका छन् ।
उनले जनमतमात्र नभएर मधेसका अधिकांश दललाई महत्वपूर्ण जिम्मेवारीबाट पन्छ्याइएको भन्दै आफू गठबन्धनबाट अलगिने संकेत देखाएका हुन् ।उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय रोजेको जनमतले खानेपानी मन्त्रालय पाएपछि मन्त्रीका रूपमा पदबहाली गर्न अस्वीकारसमेत गरेको छ ।
तीन दिन अगाडि भएको मन्त्रालय भागबण्डामा जनमतलाई खानेपानी परेपछि असन्तुष्टि बढेको हो ।जनमत पार्टीका तर्फबाट अब्दुल खानले सपथ लिएका थिए। उनले पदवहाली गर्न भने अस्वीकार गरेका हुन्।
अध्यक्ष राउतले गठबन्धले आफ्नो पार्टीलाई मात्र नभएर मधेसका सबै सदलाई पन्छ्याएको बताएका छन्। ‘कुरा केवल जनमत पार्टीको होइन, जसपा, लोसपा, जनमत, नाउपा सबैलाई पाखा लगाउँदै। शासकवर्गले बुलडोज गरेको हो । चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढेका हुन्। मधेशले यसको प्रतिकार गर्नेछ।’सामाजिक सञ्जालमा उनी लेख्छन्।