पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आर्चायको स्वकीय सचिवमा पूर्ण लामा नियुक्त भएका छन् । मेयर आर्चायले लामालाई बुधबार नियुक्ति गरेका हुन् ।
लामा नेकपा एकीकृत समाजवादीका कास्कीका उपाध्यक्ष हुन्, युवासंघ नेपालका केन्द्रीय उपाध्यक्ष, कास्की निर्वाचन क्षेत्र नं २ नेकपा एमालेका पुर्वसचिव र नेपाल आदिवासी जनजाति महासङ्घ, जिल्ला समन्वय परिषद्, कास्कीका पुर्वसचिव हुन् ।