काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले पद तथा गोपनियताको शपथ लिएकी छन्।
उनले बिहीवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ गराए।
मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा गृहजिल्लामा रहेकी उनी शपथ ग्रहण लिनबाट छुटेकी थिइन्।