काठमाडौं। नेपाली कांग्रेसले सभामुखको उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेसको तर्फबाट ईश्वरी न्यौपानेले समामुखमा उम्मेदवारी दिने भएकी छन्।
अहिले कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ। बैठकपछि उनले उम्मेदपवारी दर्ता गर्नेछन्।
न्यौपाने समानुपातिक सांसद हुन्। कैलालीकी न्यौपाने कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्।
लामो समय महिला संघमा काम गरेकी उनले कांग्रेसमा महिला विभाग प्रमुखसमेत भएर काम गरिसकेकी छन्।
सभापति शेरबहादुर देउवानिकट उनी २०७४ को सालको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट पराजित भएकी थिइन्।
यता, सत्ता गठबन्धनबाट सभामुखका लागि एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गरिसकेका छन्।