काठमाडौं। एमालेका देवराज घिमिरेले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन्।
एमालेका घिमिरेले सत्ता साझेदार दलका तर्फबाट बुधबार दिउँसो प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन्।
उनका प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष एवं ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका सांसद हितराज पाण्डे छन्।
सत्ता गठबन्धनमा भागबण्डाका क्रममा सभामुख एमालेको भागमा परेको थियो।
२०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा–२ बाट निर्वाचित भएका थिए। उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्जसमेत हुन्।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताको सयम तोकेको छ। निर्वाचत भने बिहीवार बिहान ११ बजे हुनेछ।
कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ।
हालसम्म कांग्रेसले सभामुखको उम्मेदवार टुंगो लगाएको छ।
सम्बन्धित समाचारः
सभामुखमा उम्मेदवारी दिनेबारे निर्णय गर्न कांग्रेसको बैठक बस्दै