काठमाडौं। श्रममन्त्री डोरप्रसाद अर्यालले आफू म्यानपावर कम्पनीमा संलग्न नरहेको स्पष्ट पारेका छन्।
एजेन्सीहरूलाई नियमन गर्दै श्रमिकको हकहितका लागि काम गर्नुपर्ने मन्त्रालयको नेतृत्व म्यानपावर एजेन्टले पाएको भन्दै आलोचना भइरहेको छ। साथै, उनको पार्टीका सभापति रवि लामिछाने पनि आलोचनाको घेरामा परेका छन्।
तर, मन्त्री अर्यालले आफू म्यानपावर कम्पनीमा संलग्न रहेको स्पष्ट पारेका छन्।
मन्त्री अर्याल ‘सृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिसेज’ का अन्तर्राष्ट्रिय बजार निर्देशक हुन्। त्यसबारे उनले भनेका छन्, ‘हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर इन्टर्नेशनल मार्केटिङ डाइरेक्टरको पद लेखिदिए तर हटाईदिन भुले। तर त्यो वा कुनै मेन पावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी।’
उनले मन्त्रीका रुपमा काम गर्न जाँदा आफुले जानेकै क्षेत्रमा जाने भन्दै श्रम रोजगार मन्त्रालय आफूले धेर थोर जानेको विषयको मन्त्रालय मध्य एक भएको दाबी गरेका छन्।
आफ्नो कार्यकालमा ऐतिहासिक कामहरु हुने उनको दाबी छ। एनले सञ्चारमाध्यमलाई चुनौंती दिँदै भनेका छन्, ‘कृपया अहिले जस्तै तपाईहरुका संचार माध्यमको स्पेस ती कामहरुका लागि पनि खाली राखिरहनु होला। भनेका कुरा पूरा गरिन भने म कुर्सी खाली गरिदिउँला। यो मेरो वाचा र चुनौती भयो।’
उनले थोरै थोरै धेरै क्षेत्रमा लगानी र परिश्रम गरेर साथीहरूको सामुहिक संलग्नतामा धेरै क्षेत्रमा हात हालेर उनले स्वीकार गरेका छन्।
हेर्नुहोस्, उनको स्पष्टिकरणः
म यो देशको सामान्य नागरिक। अवसर खोज्दै संघर्ष गर्दै १५ वटा भन्दा बढि पेशा र ब्यवशायमा लड्दै, उठ्दै,आबद्द,संलग्न ,सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हु। म गाँउको सामान्य परिवारको मान्छे। थोरै थोरै धेरै क्षेत्रमा लगानी र परिश्रम गरेर म जस्तै मेहनती साथीहरूको सामुहिक संलग्नतामा धेरै क्षेत्रमा हात हालेर आफ्नो र धेरैको परिवार पाल्ने काम गरेको मान्छे।देशका हरेक क्षेत्रका उद्योग ब्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबझिने त कुनै क्षेत्र नै छैन।
एक्लै कुनै ब्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझैपनि छैन। म कृषि फार्ममा छु, ट्राभल सर्भिसमा छु,सहकारीमा छु, इटा उध्योगमा छु, नेपाली सामानको उत्पादनमा छु, नेपालको पहिलो रेमिटेन्स कम्पनीमा छु, एजुकेश कन्सटेन्सीमा छु, सेक्युरिटी सर्भिसमा छु, ट्रेकिङ सर्भिसमा छु, होटल ब्यवशायमा छु, क्याटरिङ ब्यवशायमा छु, यस्ता थुप्रै क्षेत्रमा छु। गरि खाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु।
तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन। हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर "इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर" को पद लेखिदिए तर हटाईदिन भुले । तर त्यो वा कुनै मेन पावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न शेयर न स्यालरी। समाचार बनाउनेहरुले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति शेयर थियो? मैले कुनै गलत काम गरेर एक पैसापनि आर्जन गरेको छैन। राजनीतिमा संलग्न भए पछि त झन कतै पनि प्रत्यक्ष आवद्ध छैन। वेबसाईटहरु अपडेटेड नहुनुले मेरो संलग्नता प्रमाणीत गर्दैनन्।
तैपनि मेरो चुनौती छ, ल भन्नुस म बाट कहिले कुन कुन गैरकानुनी काम भयो? मन्त्रीका रुपमा काम गर्न जादा आफुले जानेकै क्षेत्रमा जाने हो र श्रम रोजगार मन्त्रालय मैले धेर थोर जानेको विषयको मन्त्रालय मध्य एक हो। म बाट पीडित एक जना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैर कानुनी काम गरेको भए जानकारी गराउनु होला। म यो पदको मर्यादा र गरिमा जान्दछु । समाचार बनाउनेहरुले पनि आफ्नो पेशाको मर्यादा र गरिमा राखिदिउन्। नेपालको प्रेस ले पेल्यो भने त मान्छेको तेल निस्किन्छ भन्छन्। बाइ द वे म तेल उद्योगमा पनि संलग्न थिए।
खैर जे होस्, मलाई प्रेस जगत सँग सवाल जवाफ गर्नु छैन, काम गर्नु छ। र मेरो अन्तिम अनुरोध, मेरो कार्यकालमा ऐतिहासिक कामहरु हुने छ्न्। कृपया अहिले जस्तै तपाईहरुका संचार माध्यमको स्पेस ती कामहरुका लागि पनि खाली राखिरहनु होला। भनेका कुरा पूरा गरिन भने म कुर्सी खाली गरिदिउला। यो मेरो वाचा र चुनौती भयो।
यो लामो स्प्स्टोक्ति बाट आफुलाई स्वाद लागेको हेडलाईन हालेर "पेल्ने" अधिकार याहाहरुलाई नै दिन्छु । म आफ्ना पक्षमा समाचार बनोस् भन्ने आशले होइन जनताको पक्षमा काम गर्न सकियोस् भन्ने आशयले काममा छु। हस् अब अब काममा लाग्छु।