काठमाडौं। नेपाली कांग्रेस सभामुखको उम्मेदवार उठाउने वा नउठाउनेबारे अनिर्णित बनेको छ।
आज सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठक सभामुखको उम्मेदवार उठाउने वा नउठाउनेबारे अनिर्णित बनेको हो।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सभामुखको लागि उम्मेदवारी दर्ताकोसमय बाँकी रहेको र त्यतिबेलासम्म अन्य सहयोगी दलसँग छलफल गरेर निर्णयमा पुग्ने बताए।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको लागि प्रकाशित गरेको कार्यतालिकाअनुसार आज बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको छ।
उक्त अवधिसम्म माओवादी, जसपा, एसलगायतका अन्य दलसँग छलफल गर्ने उनले बताए।
एमालेले भने गठबन्धनको तर्फबाट देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।