काठमाडौँ । कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिँदैछ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि दिउँसो १ बजेको समय तोकेको हो ।
कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम (९) बमोजिम उपसभामुख चयन गर्न लागिएको हो। यसअघि आइतबार प्रदेशभाले नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको थियो ।
उनी सङ्घीयताको इतिहासमा प्रदेशसभामा पहिलो महिला सभामुख बनेकी छन् ।