पोखरा । पोखरामा भएको जहाज दुर्घटनामा थप एक जनाको शव फेला परेको छ। यो सगै ७१ जनाको शव फेला परेको हो ।
आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोंचमा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।
उक्त जहाजमा ७२ जना सवार थिए। जसमध्ये ७१ जनाको शव फेला परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
एक जना बेपत्ताको खोजी भने भोलिमात्रै गरिने भएको छ। नेपाली सेनाले अहिलेसम्म काठमाडौंमा ४८ जनाको शव ल्याएको छ। २२ वटा शव पोखरामै आफन्तले बुझेर लिएका छन्।