काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका छन्।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीका उपमहासचिव पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरू अस्पताल पुगेका हुन्।
माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा ल्याइएको थियो।
उनी वंशाणुगत जन्डिस रोगबाट पीडित छन्। उनले केही समय पहिले चीनमास्वास्थ्य उपचार गराएका थिए।