काठमाडौं। यही माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ।
निर्वाचनका लागि संसद् सचिवालयले आज (मङ्गलबार) निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ। निर्वाचनका लागि आवश्यक तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।
गत पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकमा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराले सभामुखको निर्वाचन माघ ५ गतेका लागि तोकेका थिए।
संवैधानिक ब्यवस्था अनुसार संसद्को पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्नेछ। २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले ९ माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ।
सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने सहमति भएको छ। तर, उम्मेदवारको टुंगो भने लागेको छैन।