काठमाडौं। आज मंगलबार नियुक्त भएका नयाँ मन्त्रीहरूले शपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट नयाँ नियुक्त भएका मन्त्रीहरूलाई आज दिउँसो शितल निवासमा शपथ खुवाएकी हुन्।
उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरे।
एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ। माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पाएका छन्।
कसले कुन मन्त्रीको शपथ लिए ?
एमालेबाट
स्वास्थ्यः पदम गिरी
परराष्ट्रः डा. विमला राई पौडेल
रक्षाः हरि उप्रेती
कृषिः ज्वाला कुमारी साह
महिला बालबालिकाः भगवती चौधरी
उद्योगः दामोदर भण्डारी
भूमिः राजेन्द्र राई
माओवादीबाट
१. रेखा शर्माः सूचना, सञ्चार तथा प्रविधिमन्त्री
२. सुदन किराँतीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
३. अमनलाल मोदीः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
४. सुशीला श्रीपालीः संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टीबाट
शिक्षाः शिशिर खनाल
श्रमः डोलप्रसाद अर्याल
स्वास्थ्य राज्यमन्त्रीः डा. तोसिमा कार्की
राप्रपाबाट
उपप्रधानमन्त्रीसहित ऊर्जाः राजेन्द्र लिङ्देन
सहरी विकासः विक्रम पाण्डे
कानूनः ध्रुवबहादुर प्रधान
ऊर्जा राज्यमन्त्रीः दिपक सिंह
जनमत पार्टीबाट
खानेपानीः अब्दुल खान
यसअघि गत पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक योजना मन्त्री एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री र जनमत पार्टीका अब्दुल खान पनि मन्त्री भएका थिए।
सम्बन्धित समाचारः
एमालेले पनि लगायो मन्त्रीसँगै मन्त्रालयको टुंगो
राप्रपाले लगायो मन्त्रीको टुंगो, अन्तिममा खुल्यो सिंहको भाग्य
यी हुन् माओवादीका नयाँ मन्त्रीहरू, फेरि को थपिए ?
मन्त्रिपरिषद् विस्तारः यी हुन् आज सपथ लिन लागेका मन्त्रीहरू (सुचीसहित)