काठमाडौं। प्रधानमन्त्री प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्।
सत्ता गठबन्धनमा सोमबार राति भागबन्डाको टुंगो लागेपछि प्रभण्डले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। उनीहरुको शपथ आजै दिउँसो १ बजे हुने तयारी छ।
एमालेबाट नयाँ मन्त्री
स्वास्थ्यः पदम गिरी
परराष्ट्रः डा. विमला राई पौडेल
रक्षाः हरि उप्रेती
कृषिः ज्वाला कुमारी साह
महिला बालबालिकाः भगवती चौधरी
उद्योगः दामोदर भण्डारी
भूमिः राजेन्द्र राई
यसअघि एमालले मन्त्रीको नाम टुंगो लगाए पनि मन्त्रालय तोकेको थिएन। साथै, प्रधानमन्त्रीसँगै शपथ लिएका मन्त्रीलाई पनि विना विभागीय बनाइएको थियो।
यसअघि उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन्।
सम्बन्धित समाचारः
राप्रपाले लगायो मन्त्रीको टुंगो, अन्तिममा खुल्यो सिंहको भाग्य
यी हुन् माओवादीका नयाँ मन्त्रीहरू, फेरि को थपिए ?
मन्त्रिपरिषद् विस्तारः यी हुन् आज सपथ लिन लागेका मन्त्रीहरू (सुचीसहित)