काठमाडौं। प्रधानमन्त्री प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्।
सत्ता गठबन्धनमा सोमबार राति भागबन्डाको टुंगो लागेपछि प्रभण्डले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। उनीहरुको शपथ आजै दिउँसो १ बजे हुने तयारी छ।
यी हुन् माओवादीका नयाँ मन्त्रीहरू
१. रेखा शर्माः सूचना, सञ्चार तथा प्रविधिमन्त्री
२. सुदन किराँतीः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
३. अमनलाल मोदीः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
४. सुशीला श्रीपालीः संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री
राज्यमन्त्रीमा श्रीपाली अन्तिममा थपिएकी हुन्।
यसअघि नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन्।