पोखरा। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं पठाउन थालिएको छ।
कास्की प्रहरी प्रमुख एसपी अजय केसीले दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं पठाउन थालिएको छ।
मृतक ७० जनामध्ये ४६ को शव नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिनेछ। शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको आएको थियो।
दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाउने काम सोमबार राति देखिनै सुरु भइसकेको छ।
दुर्घटना भएको विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। जसमध्ये हालसम्म ७० जनाको शव फेला परिसकेको छ।
दुर्घटनामा बेपत्ता २ जनाको खोजीकार्य मंगलबार बिहानैदेखि सुरु भएको छ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो।
विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए।