धनगढी । माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका छन् । आज भएको मतदानमा २९ मत सहित उनी निर्वाचित भएका हुन् ।
सभामुखका उम्मेदवार काँग्रेसका मानबहादुर रावलले २३ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ । आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए ।
पुस ३० गते भएको सुदूरपश्चिम प्रदेश सभामाको सभामुख निर्वाचनमा तटस्थ बसेको नागरिक उन्मुक्ति पार्टी आज भएको मतदानमा सहभागी भएको थियो।