कामठाडौँ । नेकपा माओवादी केन्द्रले सरकारमा जाने तीन नयाँ मन्त्रीको नाम टुंग्याएको छ । माओवादी उच्च स्रोतका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नियुक्त हुने भएकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराँती राई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी नियुक्त हुने भएका स्रोतले जनाएको छ ।
सत्तारुढ गठबन्धनमा माओवादीको भागमा ४ मन्त्रालय परेका छन् । यसअघि नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् ।