काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार (आज) विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिए ।
बुधबार मुख्यमन्त्रीमा नियुक्त भएकायादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ६२ जना सांसदको समर्थन छ ।