काठमाडौँ । सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागबण्डा टुंगो लगाएको उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले बताए ।
गठबन्धनमा रहेका दलहरुमध्ये सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।सत्तारुढ सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछ । जनमत पार्टीले एक मन्त्री पाउनेछ । नयाँ मन्त्रीहरुले भोली सपथ लिने जनाएको छ ।