काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरिएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल, यस टुगेदर वी क्यानलगायत विभिन्न संघसंस्थाहरुले मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।
साथै, उनीहरुले पुराना हवाइजहाजको उडान बन्द गर, हवाइजहाज सम्बन्धी कानून र नीतिमा सुधार गर, ५५ वर्षको जहाज आकाशमा, दुर्घटनालाई कसले रोक्न सक्ला, विदाई कसलाई रु थोत्रा जहाजकी सार्वजनिक सेवा रु लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यस्तै क्यबिन क्रु एशोसियसन अफ नेपाल एयरलाइन्सले दीप प्रज्वलन गरेको छ ।सोमबार काठमाडौंको न्युरोडस्थित नेपाल वायुसेवा निगमको कार्यालयअगाडि एसोसिएसनले पाइलट, को–पाइलटलगायत चालक दलका सदस्यको निधनप्रति दुःख व्यक्त गर्दै दीप प्रज्वलन गरेको हो ।
आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अज्ञात ३ जना यात्रुको खोजी तथा उद्दार जारी छ ।