अष्ट्रेलिया। पोखरामा भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा सिड्नीको स्टार्थफिल्ड स्क्वायरमा दीप प्रज्वलन गरिने भएको छ।
स्टुडेन्ट एडभाइजरी काउन्सिल, एनआरएनए एसीसी अष्ट्रेलिया र एससीसी–एनएसडब्लू युथ फोरमको आयोजनामा विमान दुर्घटनामा मृत्यु भएकोहरुको सम्झनामा सिड्नीको स्टार्थफिल्ड स्क्वायरमा दीप प्रज्वलन गरिने भएको हो।
स्टुडेन्ट एडभाइजरी काउन्सिलका कन्ट्री संयोजक सक्षम सुवेदीले जनवरी १७ तारिकमा स्थानीय समयअनुसार रातिको ८ बजे सिड्नीको स्टार्थफिल्ड स्क्वायरमा दीप प्रज्वलन गरिने जानकारी दिए।
दुर्घटनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलनमा सहभागी हुन आग्रह गरिएको छ।
विमान दुर्घटना
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो। काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो।
विमान दुर्घटनामा परेका ७२ जनामध्ये हालसम्म ६९ जनाको शव फेला परेको छ। तीमध्ये ३८ जनाको पहिचान खुलेको छ। अझैं ३ जना वेपत्ता छन्। उनीहरुको सोमबार बिहानैदेखि खोजी भइरहेको छ।
सम्बन्धित समाचारः
विमान दुर्घटनाः थप एक शव फेला, बेपत्ता ३ जनाको खोजी हुँदै