काठमाडौं। सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ।
केहीबेर अघिदेखि बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सुरु भएको हो।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता भएलगतै सत्ता साझेदार दलहरुको बैठक सुरु भएको हो।
आजको भेटमा प्रचण्ड र ओलीबीच सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय संख्या लगभग टुंगिएका बताइएको छ।
बैठकमा मन्त्रालय भागबण्डा टुंगो लगाउने विषयमा छलफल भइरहेको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता बैठकमा छैनन्।