तौलिहवा। कपिलवस्तुको बाणगंगामा आजबाट सुरु भएको चौथो माघी महोत्सवमा एक जनाको मृत्यु भएको छ।
बेलुनमा भर्ने हाइड्रोजन ग्यास विस्फोट हुदाँ बाणगंगा नगरपालिका –८ शिसनियाका करिब ६५ बर्षीय नासिर मोदमद पाखियाको घटनास्थलमै मृत्यु भएको हो।
सो घटनामा २ जना घाइते भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
थारु कल्याणकारिणी सभा बाणगंगाको आयोजनामा चौथो माघि महोत्सव बाणगंगा–९ को कपिल आरोग्य मन्दिर, कपिलधाममा आजदेखि सुरु भएको हो।