जुम्ला। जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
पातारासी गाउँपालिका–६ कोटभिरमा सदरमुकामबाट पातारासीको लासी जाँदै गरेको जीप दुर्घटना भएको हो।
ग १ ज ४०३५ नम्बरको जीप दुर्घटना हुँदा पातारासी गाउँपािलका–१ निवासी अन्दाजी ४२ वर्षीय छोदेन लामाको मृत्यु भएको छ।
जीप दुर्घटनामा घाइते भएका यात्रुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएको छ।