पोखरा। यति एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ।
सोमबार दिउँसो सेती खोंचमा थप एकजनाको शव भेटिएको हो। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरी बलको गोताखोरले पानीबाट शव निकालेको जानकारी दिए।
योसँगै विमान दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ। दुर्घटनामा फेला परेका ६८ शव मध्ये ३८ जनाको पहिचान खुलेको छ ।
अब ३ जना वेपत्ता छन्। उनीहरुको सोमबार बिहानैदेखि खोजी भइरहेको छ।
दुर्घटना
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एनएनएसी विमान आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो।
काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको विमान १०ः५० बजे सेती खोंचमा दुर्घटनामा परेको थियो। विमानमा ६८ यात्रु र ४ चालक दलका सदस्य थिए।
सम्बन्धित समाचार:-
काठमाडौंबाट पोखराका लागि उडेको जहाज दुर्घटना
यी हुन् पोखरामा दुर्घटना भएको विमानमा सवार यात्रु (नामावलीसहित)
विमान दुर्घटनाः भोलि शोक बिदा, अन्य के–के गर्यो मन्त्रिपरिषदले निर्णय ?
माघीकै दिन सेती खोँचमा बिलायो सुरक्षित मानिएको एटिआर
बिहानैबाट पुन: थालियो विमान दुर्घटनाको उद्धारकार्य
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो, खुल्ला त कारण ?
विमान दुर्घटनामा अस्ताए चर्चित गिटारिष्ट निशान्त आचार्य, तुहिए तमाम योजना
जहाज दुर्घटनाः एकै परिवारका ४ सहित पर्वतका १० जनाको मृत्यु
पोखरा विमान दुर्घटनाः मृतक ६८ मध्ये ३८ जनाको पहिचान खुल्यो (सूचीसहित)
‘प्रचण्डलाई भेट्ने कार्यक्रम स्थगितपछि दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले’
विमान दुर्घटना जाँच आयोगले थाल्यो काम