काठमाडौंं। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलको मूल्य बढाएर पठाएको छ।
१५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले इन्धनको नयाँ मूल्यसूची पठाएको छ। जसमा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ।
डिजेल भने प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३÷३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो।
पेट्रोलको मूल्य बढेर आएपछि अब के गर्नेबारे निगमले निर्णय गरिसकेको छैन। तर, त्यसबारे छलफल भइरहेको बताइएको छ।