घोराही। दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आज सोमबार बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैँ चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १६ लेटार निवासी मोटरसाइकल चालक २१ वर्षीय सुशील चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी १८ वर्षीय विवेक चौधरी रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते दुवैको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मृत्यु भएका दुवै जनाको हात, खुट्टा र टाउकोमा गम्भीर चोट छ।
मृतकको शव पोस्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा राखिएको छ।