काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानन्त्री प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका छन्। त्यहाँ उनीहरु अहिले भेटवार्ता जारी छ।
उनीहरुबीच सभामुखको निर्वाचन, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार, मन्त्रालय भागबन्डालगायतका विषयमा छलफल भइरहेको छ।
सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका र बिहीबार निर्वाचन नै हुने तय भएको छ।