धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित भएपछि सभामुखको चुनाव पनि माघ ३ गते मंगलबार बिहान १० बजे हुने भएको छ ।
आज (सोमबार) राष्ट्रिय शोक परेकोले प्रदेश सभा बैठक नबसेको हो । राष्ट्रिय झण्डा झुकाउने भनेको बेला बैठक बस्नु हुन्न भन्ने सहमति भएको माओवादीका प्रदेश सभा सदस्य ओमविक्रम भाट सरलले बताए ।
प्रदेश सभाका अर्का सदस्य नरेशकुमार शाहीका अनुसार माघ ३ गते मंगलबार बिहान १० बजे बैठक बस्ने गरेर बैठक स्थगित भएको हो ।
लगातार दुई पटक सभामुख छानिन नसकेपछि आज (सोमबार) तेस्रो पटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।