काठमाडौँ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि आज (सोमबार) उम्मेदवारी मनोनयन दर्ता हुँदै छ ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ ।
दर्ता भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे हुने बताइको छ ।मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा पहिला सभामुखको उम्मेदवारी प्रस्ताव भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय भएको छ ।