काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग र ध्यान विज्ञान भएको बताएका छन् । आइतबार बिहान राष्ट्रिय योग दिवस २०७९ दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
‘‘योग र ध्यान पूर्वीय दर्शन र सभ्यताको आधारशिला मानिन्छ । नेपाल त्यसको धरोहर हो भन्न पाउँदा हामीलाई गौरवको अनुभूति हुन्छ। हाम्रा सांस्कृतिक धरोहरमा पनि योगमा आधारित विशेषता पाइन्छन्। नेपालमा योग र ध्यानको परम्परा धेरै पूरानो छ। योग र ध्यान विज्ञानमा आधारित छ। त्यसबाट पनि यसको महत्व थप प्रष्ट हुन्छ,’’ उनले भने ।
‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आज आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।