डडेल्धुरा। डडेल्धुरामा हराएका भनिएका एक बालकको शव खाल्डोमा फेला परेको छ।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ८ डाँडाखर्कका ८ वर्षिय बालक भरत बोहराको शव खाल्डामा पुरिएको अवस्थामा फेला परेको हो।
उनी गत पुस १२ गतेदेखि बेपत्ता थिए। परिवारका सदस्यले बालक हराएको निवेदन प्रहरीमा दिएका थिए।
बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेपछि दुई आमा पक्राउ परेका छन्। प्रहरीका अनुसार ३० वर्षीया जानकी बोहरा (सौतेली आमा) र ३४ वर्षीया कलमती बोहरा (आमा)लाई प्रहरीले नियन्त्रणमा लिएको हो।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।