काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा शनिबार बसेको समाजवादीको सचिवालय बैठकले भुसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।