काठमाडौँ । काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ।
किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको हो।
शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ । मृतकको पहिचान खुल्न बाँकी छ।
पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ ।