काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली पुगेका हुन् ।उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भएको बताइएको छ ।
सरकार गठनमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रधानमन्त्री प्रचण्डसँगको भेटलाई बाक्लो बनाइरहेका छन् । यसअघि बिहीबार पनि ओली प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।