कर्णाली । कर्णालीमा सभामुखका लागि आज उम्मेदवारी दर्ता गर्ने समय सीमा तोकिएको छ । प्रदेश सभा सचिवालयका अनुसार शनिबार बिहान १०–११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिने छ भने ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
यस्तै अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ ।
साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।