मोरङ। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गरेका हुन्।
विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ५९ र विपक्षमा ३२ मत खस्यो। प्रदेश १ मा ९३ सदस्यीय प्रदेशसभा छ।
संविधानको धारा १६८ को उपधारा (४) मा उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
यसअघि शुक्रवार नै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका थिए।